अधिवक्ता स्वागत नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट झापा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बन्ने भएका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनमा उनी राप्रपाको तर्फबाट उठ्ने भएका हुन्।
राप्रपा नेतृ खुश्बु ओलीका अनुसार आज बिहान साढे ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा उमेदवारी घोषणा गर्ने कार्यक्रम तय भएको छ।
गत निर्वाचनमा पनि स्वागत नेपाल झापा-२ बाट उम्मेदवार बनेका थिए। उनी सभामुख तथा एमाले नेता देवराज घिमिरेसँग झिनो मतान्तरले पराजित भएका थिए। यसपटक एमालेले घिमिरेलाई नै पुनः टिकट दिएको छ।
झापा-२ मा स्वागत नेपाल र देवराज घिमिरेबिच फेरि कडा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ।
प्रकाशित: ५ माघ २०८२ ०९:१९ सोमबार





