जनमत पार्टीका अध्यक्ष सिके राउतले महानगर प्रहरी लगाएर लाखौं मधेशीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेहरूलाई समयमै चिन्न आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेख्दै मधेशीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउने मधेश विरोधी, पहिचान विरोधी, संघीयता विरोधी र स्वायत्तता विरोधीहरूलाई समयमा चिन्न आग्रह गरेका हुन्। राउतले मधेशीलाई काठमाडौंबाट भगाउनेभन्दा मधेशीलाई काठमाडौंमा बचाउने र आत्मसम्मान दिलाउने महत्त्वपूर्ण भएको जिकिर गरेका छन्।
'मधेशीलाई काठमाडौंबाट भगाउनेभन्दा मधेशीलाई काठमाडौंमा बचाउने र आत्मसम्मान दिलाउने महत्त्वपूर्ण हुन्,' उनले लेखेका छन्, 'नाजी प्रहरीजस्तै महानगर प्रहरी लगाएर लाखौं मधेशीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउने मधेश विरोधी, पहिचान विरोधी, संघीयता विरोधी र स्वायत्तता विरोधीहरूलाई समयमा चिनौं, समयमा सचेत होऔं। जय मधेश, जय स्वराज।'
प्रकाशित: ५ माघ २०८२ ०९:११ सोमबार





