२० माघ २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चिलीमा जंगलमा लागेको डढेलोमा १८ जनाको मृत्यु, ५० हजार मानिस घर छोड्न बाध्य

चिलीको केन्द्रीय र दक्षिणी क्षेत्रमा फैलिएको भीषण जंगल आगलागीका कारण कम्तीमा १८ जनाको ज्यान गएको छ। आगो हजारौँ एकड क्षेत्रमा फैलिँदा सयौँ घर जलेर नष्ट भएका छन् भने ५० हजारभन्दा बढी मानिसहरू आफ्नो घर छोडेर सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन्।

बायोबियो र नुब्ले क्षेत्रहरूमा अवस्था सबैभन्दा गम्भीर बनेको छ। ती क्षेत्रमा तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको र तीव्र हावाले आगोलाई झनै फैलाएको बताइएको छ।

सरकारले आपतकाल घोषणा गर्दै सेनाको सहयोग लिने निर्णय गरेको छ। तर स्थानीय अधिकारीहरूका अनुसार प्रारम्भिक चरणमा राहत र उद्धारमा ढिलाइ भएको थियो। धेरै मानिसहरू राति सुतिरहेका बेला आगोले घेरेपछि बाहिर निस्कन नसकी ज्यान गुमाएका छन्।

आगलागीमा घरहरूसँगै विद्यालय, चर्च र सवारीसाधनहरू पनि जलेका छन्। कतिपय स्थानमा जलेका शवहरू फेला परेपछि सम्पूर्ण क्षेत्रमा शोकको माहोल छाएको छ। एजेन्सी

प्रकाशित: ५ माघ २०८२ ०९:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App