coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री मोदीद्वारा राजिव गान्धीलाई श्रद्धाञ्जलि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व प्रधानमन्त्री राजिव गान्धीलाई श्रद्धाञ्जलि दिएका छन् । आज राजिव गान्धीको स्मृति दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले गान्धीलाई आफ्नो ट्वीटर अकाउन्टमा श्रद्धाञ्जलि अर्पण गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  

उनले ट्वीटरमा लेखेका छन्– आज स्वर्गीय राजिव गान्धीको स्मृति दिवसका अवसरमा म भारतका पूर्वप्रधानमन्त्री राजिव गान्धीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।   चालीस वर्षमा प्रधानमन्त्री बन्नुभएका राजिव गान्धी भारतका सबैभन्दा कम उमेरका प्रधानमन्त्री हुनुहुन्छ ।

राजिव गान्धीकी आमा तथा भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको सन् १९८४ मा भएको हत्यापछि राजिव गान्धी भारतको प्रधानमन्त्री भएका थिए ।प्रधानमन्त्री राजिव गान्धीको पनि हत्या भएको थियो ।  

सन् १९९१ मे २१ मा भारतमा आमनिर्वाचनको अभियानका क्रममा भारतको तमिलनाडु राज्यमा लिबरेसन टाइगर्स् अफ तमिल इलम (एलटिटिइ) ले आत्मघाती बम हमला गरी उनको हत्या गरेका थिए । 

प्रकाशित: ८ जेष्ठ २०७७ ११:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App