१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

फिलिपिन्समा भएको झडपमा परी छको मृत्यु, २० घाइते

मनिल- फिलिपिन्समा सोमबार भएको भिडन्तमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ। घटनामा परी अरु २० भन्दाबढी घाइते भएको प्रहरी अधिकारीले मङ्गलबार जानकारी दिएका छन्।

फिलिपिन्सको सरकारी सुरक्षाकर्मी र विद्रोही समूहबीचमा पूर्वीसामर प्रान्तमा भीडन्त भएको बताइएको छ। स्थानीय समयअनुसार सोमबार बेलुकी ५ बजेतिर झण्डै ३० मिनेट झडप भएको अधिकारीले बताएका छन्।

घटनाका बारेमा फिलिपिन्सको सेनाले भने अहिलेसम्म केही प्रतिक्रिया दिएको छैन। राष्ट्रपति रोड्रिगो डुटेर्तेले विद्रोही विरुद्धको कारबाही अझ शसक्त बनाउन निर्देशन दिएका छन्।

फिलिपिन्समा सन् १९६९ देखि विद्रोह गर्दै आएको एनपिएलाई उनले सन् २०२२ सम्ममा अन्त्य गर्ने अठोट लिएका छन्। सिन्ह्वा 

प्रकाशित: २६ कार्तिक २०७६ १३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App