१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जम्मु कश्मीरमा सैन्य तालिम

श्रीनगर - भारतीय सेनाले जम्मु कश्मीरको नौसेर क्षेत्रको गाउँमा सुरक्षा दललाई शनिबार सैन्य तालिम दिएको छ। स्वयमसेवकको रूपमा काम गर्ने गरी उनीहरुलाई तालिम दिइएको सैन्य अधिकारीहरुले जानकारी दिएका छन्।

‘नौसेरा क्षेत्रमा हतियारको प्रयोग र गुप्तचरी कार्यका लागि सीप विकास गर्ने उद्देश्यले गाउँ सुरक्षा दल तालिम आयोजना गरिएको थियो,’ भारतीय सेनाका एक अधिकारीलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ।

सुरक्षा दलका सदस्यहरुलाई गोली प्रहार गर्न र औषधिको प्रयोगका सम्बन्धमा पनि प्रशिक्षण दिइएको ती अधिकारीले बताए। सुरक्षा दलमा स्थानीय गाउँले सहभागी भएका थिए। आफ्नो गाउँको सुरक्षा आफैं गर्ने गरी उनीहरुलाई दलमा आबद्ध गराइएको ती अधिकारीले बताए।

त्यसैगरी दुर्गम क्षेत्रमा सुरक्षा अवस्था सुधार गर्नका लागि सुरक्षा दलबाट सहयोग हुने अपेक्षा गरिएको सैन्य अधिकारीहरुले बताएका छन्। आतंकवादी गतिविधि नियन्त्रण गर्ने रणनीतिअन्तर्गत नै गाउँ सुरक्षा दल गठन गरिएको र उनीहरुलाई तालिम दिइएको अधिकारीहरुको भनाइ छ।

 

प्रकाशित: ३० भाद्र २०७६ ०२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App