१० माघ २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तामिलनाडुको पटाका कारखानामा विस्फोट: चारको मृत्यु, पाँच गम्भीर

भारतको तमिलनाडुको शिवकाशीमा रहेको एक पटाका कारखानामा मंगलबार विस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना गम्भीर रूपमा जलेका छन्।

अझै केही मानिसहरू फसेको हुन सक्ने बताइएको छ। उद्धार कार्य जारी छ। घाइतेहरूलाई उपचारका लागि विरुधुनगर सरकारी अस्पतालमा भर्ना गरिएको छ।

विरुधुनगर जिल्लाका एसपी कन्ननले शिवकाशी नजिकै रहेको चिन्नाकामनपट्टी गाउँमा रहेको पटाका कारखानामा विस्फोट भएको बताए। दुर्घटनापछि कारखानाबाट निरन्तर धुवाँ उडिरहेको र भित्रबाट पटाका पड्केको आवाज सुनिएको थियो।

घटनाको अनुसन्धान भइरहेको छ। एजेन्सी

प्रकाशित: १७ असार २०८२ ११:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App