११ माघ २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

प्यालेष्टाइनको गाजासहित मध्यपूर्वमा जारी युद्ध कम गर्न आग्रह गरेपनि इजरायल र इरानबीच युद्धबिराम आह्वान गर्न जी–७ समूहका नेताहरु असफल भएका छन् ।  

आइतबारदेखि सुुरु भएको विश्वका धनी राष्ट्रहरुको समुह जी–७ को ३ दिने वैठक क्यानडामा जारी छ । सम्मेलनको क्रममा जारी गरिएको संयुक्त विज्ञप्तीमा यी देशहरुले मध्यपूर्वमा शान्ति र स्थिरताका लागि आफ्नो प्रतिबद्धता दोर्होयाएका छन् । क्यानडाको कानानास्किसमा जारी विश्व नेताहरुको सो सम्मेलन मध्यपूर्वको द्वन्द्वका कारण ओझेलमा परेको छ ।  

इरान इजरायल बीचको चर्कँदो तनावका कारण अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प सम्मेलन समापन हुनुभन्दा एक दिन अघिनै सोमबार स्वदेश फर्केका छन् ।  

संयुक्त विज्ञप्तीमा जी– ७ नेताहरूले इजरायलसँग आत्मरक्षाको अधिकार भएको बताउँदै इरानलाई ‘क्षेत्रीय अस्थिरता र आतंकवादको वास्तविक स्रोत’ आरोप लगाएका छन् । उनीहरुले इरानले परमाणु हतियार हासिल गर्न नहुने यसअघिको धारणालाई दोहोर्याएका छन् ।  

राष्ट्रपति ट्रम्पले क्यानडा छाडनु अघि ‘तत्काल तेहरान खाली गर्न’ र इरानी नेतालाई वार्तामा आउन आग्रह गरेका थिए । इरानले आणविक हतियारको महत्वाकाक्षालाई त्याग्नुपर्ने बताउदै ट्रम्पले भने ‘सीधा भन्नुपर्दा, इरानसँग आणविक हतियार हुनु हुदैन । मैले यो बारम्बार भनेको छु ।’

के अमेरिका यो युद्धमा प्रत्यक्ष हिसाबले सहभागी हुन लागेको हो भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘म यो विषयमा कुरा गर्न चाहन्न ।’

उता, अमेरिकी रक्षामन्त्री पीट हेगसेथले इजरायली आक्रमणमा अमेरिका सामेल हुन लागेको कुरा अस्वीकार गरेका छन्।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हमलामा इरानमा कम्तिमा २२४ जनाको मृत्यु भएको छ। इजरायली  सरकारले कम्तिमा २४ जनाको मृत्यु भएको बताएको छ । दुई देशविचको द्धन्द्ध विगत ४ दिनदेखि जारी छ ।  

 

प्रकाशित: ३ असार २०८२ १९:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App