१३ माघ २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दुवै इन्जिन फेल हुँदा पनि पाइलटले यसरी बचाएका थिए १५५ यात्रु

१५ जनवरी २००९ मा, अमेरिकाको न्यूयोर्क सहरबाट उडान भरेको एक विमानमा १५५ यात्रु सवार थिए । उडान संख्या १५४९ रहेको उक्त यूएस एयरवेजको  विमान उडान भरेको केही मिनेटमै चराहरूको एक बथानसँग ठोक्किएको थियो । विमान न्यूयोर्कको ला गार्डिया एयरपोर्टबाट नर्थ क्यारोलाइनाका लागि उडेको थियो ।

यो ठक्करपछि पाइलटले तत्कालै  निर्णय लिए  कि अब  एयरपोर्ट फर्किन सम्भव छैन ।  त्यसैले उनले सो विमानलाई हडसन नदीमा अवतरण गराए। यो घटनालाई ‘मिरेकल अन द हडसन’ नामले पनि चिनिन्छ किनभने विमान न्यूयोर्कको हडसन नदीमा अवतरण भएको थियो र  यो अभूतपूर्व ‘वाटर ल्यान्डिङ’ सफलतापूर्वक सम्पन्न गर्ने पाइलट थिए – चेस्ली सुलेनबर्गर उर्फ सली । पानीको तीव्र बहावमा पनि कुनै पनि यात्रुलाई गम्भीर चोट नलाग्नु आश्चर्यको विषय थियो ।

यही  घटनामाथि २०१६ मा ’सली’ नामक फिल्म पनि बनेको थियो, जसमा टम हंक्सले पाइलटको भूमिका निभाएका थिए । उडान भरेको दुई मिनेटमै चराहरूको एक बथानसँग ठोक्किएको उक्त  विमानका दुवै इन्जिन फेल भएका थिए।

त्यसपछि विमानका अनुभवी पाइलट सुलेनबर्गरले ला गार्डियाको एयर ट्राफिक कन्ट्रोललाई हडसन नदीको पानीमा अवतरण गर्ने आफुले प्रयास गर्ने बताए । यो अत्यन्त असाधारण र जोखिमपूर्ण काम थियो ।

उनकै प्रयास र निर्णयका कारण चरासँग ठोक्किएको करिब साढे तीन मिनेटपछि उक्त विमान नदीमा अवतरण गराइएको थियो । यस क्रममा विमानको पछिल्लो भाग सबैभन्दा पहिला पानीसँग ठोक्कियो, जसले गर्दा पानी विमानभित्र त पस्यो  तर,  विमान टुक्रा टुक्रा भएन् ।

विमानमा सबार यात्रुहरू आपत्कालीन ढोका र पखेटामार्फत विमानबाट बाहिर निस्किए  । यस क्रममा विश्वले पानीमा तैरिरहेको विमान र त्यसको दुवैतर्फ पखेटामा उभिएका यात्रुहरूको अनौठो तस्बिर देख्यो। विश्वभरका सर्वसाधारणले चासो र जिज्ञासाका साथ हडसन नदीमा गरिएको उक्त अवतरण र उद्धार देखेका थिए।

जति बेला यो विमान नदीमा अवतरण भयो, त्यति बेला हडसन नदीको पानीको बहाव निकै तीव्र थियो । हुन पनि, न्यूयोर्कमा जनवरी महिनामा धेरै चिसो हुन्छ ।  त्यस दिन पनि तापक्रम माइनस (–७) डिग्री सेल्सियसको आसपासमा थियो ।

तर, विमान नदीमा अवतरण गरेको केही मिनेटभित्रै नजिकैका तम्तयार रहेका ढुंगाहरू र अन्य ससाना पानी–जहाजहरूलाई नदीतर्फ मोडियो ।  द्रुत गतिमा गरिएको प्रतिक्रिया धेरै सहयोगी साबित भयो ।

क्रैयन खाले  आशंकाले भरिएको यस अवतरणमा मात्र एक यात्रु र चालक दलका पाँच सदस्यलाई खुट्टामा चोट लागेको थियो। अवतरणपछि कुल ७८ जनालाई सामान्य चिकित्साको आवश्यकता परेको थियो ।

घटनाको समाचार सम्प्रेषण गरिरहेका बीबीसी संवाददाताहरूले त्यस समयमा यात्रुहरूको भाग्य, पाइलटको कुशलता र द्रुत उद्धार प्रयासका कारण सबै यात्रु सुरक्षित बचेका थिए भनेका थिए।

न्यूयोर्कका तत्कालीन मेयर माइक ब्लूमबर्गले भनेका थिए, ‘पाएलटले विमानलाई नदीमा अवतरण गराएर धेरै राम्रो काम गरे।’

विमानभित्र कोही फसेको छैन भनी सुनिश्चित गर्न सबै यात्रु र चालक दल बाहिर निस्किएपछि पूरै विमानको दुई पटक जाँच गरिएको थियो । यस घटनाका लागि क्याप्टेन सुलेनबर्गरको धेरै प्रशंसा गरियो तर सँगसँगै  केही प्रश्नहरू पनि उठे । दुर्घटना पछि यस घट्नाको जाँच अमेरिकी यातायात नियामक, नेशनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डले गरेको थियो । उक्त अध्ययनले विमानलाई नदीमा अवतरण गर्ने निर्णय सही भएको बताएको थियो । केही दिनभित्रै दुर्घटनाग्रस्त विमानलाई नदीबाट निकालियो र अमेरिकाको क्यारोलाइना एभिएसन म्युजियममा राखियो।

क्याप्टेन सुलेनबर्गरले १६ वर्षको उमेरमा आफ्नो उडान प्रशिक्षण सुरु गरेका थिए र उनले १९७३ मा यूएस वायु सेना एकेडेमीबाट स्नातकको डिग्री हासिल गरे। त्यसपछि उनी एक लडाकु विमान पाइलटको रूपमा अमेरिकी वायु सेनामा सामेल भएका थिए । हडसन नदीमा उनको अवतरणलाई विश्वभर चर्चित आपत्कालीन अवतरणको रूपमा चिनिन्छ । (बिबिसी हिन्दी)

प्रकाशित: २ असार २०८२ १४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App