८ माघ २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

केदारनाथमा हेलिकप्टर दुर्घटना: ५ जनाको मृत्यु

फाइल।

भारतको उत्तराखण्डस्थित प्रसिद्ध तीर्थस्थल केदारनाथबाट तीर्थयात्री लिएर फर्किँदै गरेको हेलिकप्टर आइतबार बिहान दुर्घटना हुँदा एक बच्चा र पाइलटसहित पाँच जनाको मृत्यु भएको छ। हेलिकप्टरमा चालकदलसहित कुल ७ जना सवार थिए।

स्थानीय समयअनुसार बिहान करिब बिहान ५:२० बजे गौरीकुण्ड नजिकै भएको उक्त दुर्घटनामा खराब मौसमलाई मुख्य कारण मानिएको छ।

आर्यन एभिएसन कम्पनीको उक्त हेलिकप्टरले केदारनाथ मन्दिरबाट तीर्थयात्रीहरूलाई गौरीकुण्डतर्फ ल्याउँदै थियो। उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणका अनुसार हेलिकप्टरमा सवार यात्रीहरू उत्तराखण्ड, उत्तर प्रदेश, महाराष्ट्र र गुजरातका थिए।

दुर्घटनाको खबर पाउनासाथ राष्ट्रिय विपद् प्रतिकार्य बल र राज्य विपद् प्रतिकार्य बलको टोली उद्धारका लागि घटनास्थलमा खटाइएको छ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्य तीव्र गतिमा भइरहेको जानकारी दिएका छन्। उनले घटनाको विस्तृत अनुसन्धान गर्न समेत निर्देशन दिएका छन्।

प्रकाशित: १ असार २०८२ ०९:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App