१ पुस २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सीमामा चिनियाँ लडाकु विमान र युद्धपोतको गतिविधि बढ्यो : ताइवान

ताइवानले हालै चिनियाँ सैन्य गतिविधिहरूमा उल्लेखनीय वृद्धि भएको जनाएको छ। आइतबार ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले चिनियाँ जनमुक्ति सेनाका लडाकु विमान र नौसेनाका युद्धपोतहरूले ताइवानको सीमा क्षेत्रमा प्रवेश गरेको दाबी गरेको छ

मन्त्रालयका अनुसार आइतबार २१ वटा विमान र आठ युद्धपोतहरू ताइवानको हवाई र समुद्री क्षेत्र नजिकै देखिएका थिए। १३ वटा विमानले ताइवान जलसन्धिको मध्यरेखा पार गरेर ताइवानको उत्तरी, दक्षिणपश्चिमी र पूर्वी हवाई क्षेत्रमा प्रवेश गरेको दाबी गरेको छ। ताइवानले यी गतिविधिहरूलाई नजिकबाट निगरानी गरेको र आवश्यक जवाफी कारबाही गरेको जनाएको छ।

यसअघि ताइवानले पटकपटक आफ्नो सीमामा चीनको सैन्य गतिविधिहरू बढेको आरोप लगाउँदै आएको छ। चीनले ताइवानलाई आफ्नो अभिन्न अंग मान्छ। यस्ता सैन्य गतिविधिहरूलाई ताइवानको स्वतन्त्रतावादी गतिविधिको जवाफमा कडा चेतावनीको रूपमा लिने गरिन्छ। ताइवान भने यस्ता कार्यहरूलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन र क्षेत्रीय शान्ति र स्थायित्वमा खतरा भएको बताउँदै आएको छ। एजेन्सी

प्रकाशित: ११ जेष्ठ २०८२ १०:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App