९ पुस २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गोवाको मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

भारतको गोवा राज्यमा रहेको एक हिन्दू मन्दिरमा आगो बाल्ने कार्यक्रममा सहभागी हजारौं मानिसबीच भागदौड हुँदा ६ जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार कम्तीमा ५० जना घाइते भएका छन्।

शुक्रबार साँझ लैराई देवी मन्दिरको जात्रामा सहभागी हुन भक्तजनहरू जाँदै थिए। सोही समयमा पसल अगाडि बिजुलीको तारबाट करेन्ट लाग्दा केही मानिस लडे, जसले भागदौड मच्चिएको थियो।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले शिरगाओ गाउँको मन्दिरमा भएको घटनाले आफूलाई दुखी बनाएको बताए। उनले भने, ‘घाइतेमध्ये ६ जनाको अस्पताल लैजानुअघि नै मृत्यु भएको थियो।’ उनले अस्पतालको अनुगमन गरी मृतक र घाइतेका परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

गोवाका स्वास्थ्यमन्त्री विश्वजित रानेले भने, ‘पाँच जनाको अवस्था गम्भीर छ र उनीहरूलाई भेन्टिलेटरमा राखिएको छ। बाँकीको आपतकालीन कक्षमा उपचार भइरहेको छ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ। लैराई जात्रा गोवाको प्रमुख हिन्दू उत्सव हो, जुन आगोमा पैदल हिँड्ने समारोहका रूपमा प्रख्यात छ।

भारतमा धार्मिक उत्सवहरूमा भागदौड हुँदा यस्ता दुर्घटना बारम्बार हुने गरेका छन्। यस वर्षको सुरुमा प्रयागराजको कुम्भ मेलामा भएको भागदौडमा ३० जनाको मृत्यु भएको थियो। एएनआई

प्रकाशित: २० वैशाख २०८२ १३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App