११ पुस २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकासँग कर विवाद चर्किएपछि चीनद्वारा नयाँ व्यापार दूत नियुक्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातमा कर वृद्धि गरेपछि चीनले प्रतिशोधात्मक कदम चालेको र बढ्दो तनाव व्यवस्थापन गर्न बेइजिङले बुधबार नयाँ व्यापार दूत नियुक्त गरेको जनाएको छ।

बेइजिङको मानव संशाधन मन्त्रालयले आफ्नो वेबसाइटमा जारी विज्ञप्तिमा ली चेङगाङले अन्तर्राष्ट्रिय व्यापार वार्ताका लागि प्रतिनिधि र वाणिज्य उपमन्त्रीको जिम्मेवारी लिने उल्लेख गरेको छ।

यसअघि विश्व व्यापार संगठनका लागि बेइजिङका राजदूत र जेनेभामा संयुक्त राष्ट्रसंघका लागि उपस्थायी प्रतिनिधिका रूपमा काम गरिसकेका ५८ वर्षीय ली कुशल कूटनीतिज्ञ मानिन्छन्। उनले पेकिङ विश्वविद्यालय र जर्मनीको युनिभर्सिटी अफ ह्याम्बर्गबाट कानूनमा डिग्री लिएका छन्।

मन्त्रालयको विज्ञप्तिअनुसार, उनलाई वाङ शौवेनको उत्तराधिकारी बनाइएको छ। वाङले सन् २०२० मा चीन र अमेरिकाबीच व्यापार सम्झौताका लागि वार्तामा भाग लिएका थिए।

ट्रम्पले चिनियाँ आयातलाई लक्षित गरी विश्वव्यापी कर वृद्धि सुरु गरेदेखि बेइजिङ र वासिङ्टनबीच करबारे तनाव बढेको छ। प्रतिशोधका कारण चीनमाथि अमेरिकी कर १४५ प्रतिशत र अमेरिकी सामानमा चीनको कर १२५ प्रतिशत पुगेको छ।

चीनले बुधबार आफ्नो अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.४ प्रतिशतले बढेको जनाएको छ, जुन अपेक्षाभन्दा माथि छ। एएफपी

प्रकाशित: ३ वैशाख २०८२ १३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App