११ पुस २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानमा ८ पाकिस्तानी कामदारको गोली हानी हत्या

क्याप्शन

इरानमा आठ जना पाकिस्तानी कामदारको गोली हानी हत्या गरेको छ। इरानको सिस्तान-बलुचिस्तान प्रान्तमा आठ पाकिस्तानी आप्रवासी कामदारको हत्या भएको हो ।

पाकिस्तानले इरानसँग यस घटनाको अनुसन्धानको माग गरेको छ। यो घटना शनिबार पाकिस्तानको बलुचिस्तान प्रान्तको सिमानामा भएको हो। 

इरानी मिडियाका अनुसार सबै आठ जना कामदार पाकिस्तानको पञ्जाबका थिए र त्यहाँ मेकानिकको रूपमा काम गर्दै आएका थिए। आक्रमणकारीहरूले उनलाई बाँधेर गोली हानेका थिए।

बलुच नेशनलिस्ट आर्मी (बीएनए) नामक सानो संगठनले यस आक्रमणको जिम्मेवारी लिएको छ। पाकिस्तान र इरान दुवैले यस आक्रमणको निन्दा गरेका छन्। पाकिस्तानका लागि इरानी राजदूत रेजा अमिरी मुघदमले आतंकवाद सम्पूर्ण क्षेत्रको लागि साझा खतरा भएको बताए। एजेन्सी

प्रकाशित: २ वैशाख २०८२ ०९:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App