१० पुस २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

म्यान्मारमा विनाशकारी भूकम्पपछि अहिलेसम्म ११२ वटा परकम्प रेकर्ड

म्यान्मारमा ७.९ म्याग्निच्युडको विनाशकारी भूकम्पपछि करिब दुई हप्ताको अन्तरालमा ११२ परकम्प गएको रेकर्ड गरिएको छ।

म्यान्मारको मौसम विज्ञान तथा जल विज्ञान विभागका अनुसार चेत १५ पछि चैत २८ (बिहीबार)सम्म म्यान्मारमा २.८ देखि ७.५ म्याग्निच्यूडसम्मका ११२ वटा परकम्प गएका हुन्।

गत मार्च २८ मा गएको ७.९ म्याग्नीच्यूडको विनाशकारी भूकम्पका कारण तीन हजार ६४५ जनाको मृत्यु भएको र पाँच हजारभन्दा व्यक्ति घाइते भएका त्यहाँको सरकारले जनाएको छ।

राज्य प्रशासन परिषद्को सूचना टोलीले मङ्गलबारसम्म जारी गरेको विज्ञप्तिमा मारिनेको सङ्ख्या तीन हजार ६४५ पुगेको छ भने पाँच हजार १७ जना घाइते भएका छन् भने १४८ जना अझै हराइरहेका छन्। एजेन्सी

प्रकाशित: २९ चैत्र २०८१ ०७:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App