२० पुस २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दिल्लीमा बिहानै भूकम्पको धक्का, मानिसहरू डराएर बाहिर निस्किए

भारतकाे केन्द्रीय राजधानी दिल्ली (एनसीआर) मा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार बिहान सबेरै महसुस गरिएकाे हाे। मानिसहरू ओछ्यानबाट उठे, त्यतिबेला सबै कुरा हल्लिन थाल्यो। उनीहरूले धेरै शक्तिशाली भूकम्प भनेका छन्।

भूकम्पको कम्पन धेरै जाेडदार तरिकाले महसुस भएकाे थियाे। भूकम्पका कारण त्रासको वातावरण सिर्जना भयो। भूकम्पको धक्का यति शक्तिशाली थियो कि भाँडाकुँडा खस्न थाले।

भूकम्पको धक्का महसुस हुने बित्तिकै मानिसहरू घरबाट बाहिर निस्कन थाले। ठूला अग्ला भवनहरूमा बस्ने मानिसहरूले धक्का बढी महसुस गरे। उनीहरू तुरुन्तै दौडिए। भूकम्पबाट भएको जनधनको क्षतिबारे अहिलेसम्म कुनै जानकारी आएको छैन। 

स्थानीय समयअनुसार बिहान ५:३६ बजे भूकम्प गएको थियो। भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार ४ म्याग्निच्युटको भूकम्प गएको हो। 

प्रकाशित: ५ फाल्गुन २०८१ ०६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App