२० पुस २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

११९ जना अवैध भारतीय आप्रवासी पुर्‍याउँदै अमेरिकी सेनाको जहाज

अमेरिकामा बिना कुनै कागजात बसोबास गरिरहेका ११९ जना भारतीय नागरिक बोकेर अमेरिकी सेनाको जहाज प्रस्थान भएको छ। उक्त जहाज अहिले राति(शनिबार) पञ्जाबको अमृतसर विमानस्थलमा ओर्लने बिबिसी हिन्दीले जनाएको छ।  

पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले राति १० बजे अमेरिकी जहाज उत्रने खबर पाइएको प्रतिक्रिया दिएका छन्।  

अमेरिकामा डोनाल्ड ट्रम्प निर्वाचित भएर आएपछि अवैध आप्रबासीहरूलाई जहाँबाट आएका हुन त्यही पु¥याइरहेका छन्। भारतीय आप्रवासी भारतमै पुर्‍याउन लागेको यो दोस्रो पटक हो।  

यसअघि १०४ जना भारतीयलाई अमेरिकी सेनाको जहाजले भारत पु¥याएको थियो।  

प्रकाशित: ३ फाल्गुन २०८१ १९:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App