३ जेष्ठ २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको ग्रिनल्याण्ड मोहले, युरोप आतंकित

अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल शुरु नहुँदै ग्रिनल्याण्ड प्राप्त गर्न सैन्य वा आर्थिक उपायहरूको सम्भावित प्रयोगको सुझाव दिँदै विस्तारवादी टिप्पणी गरेका छन्, जसले युरोपमा व्यापक चिन्ता उत्पन्न गरेको छ। 

विश्वको सबैभन्दा ठूलो टापु ग्रिनल्याण्ड, जहाँ लगभग ६० हजार जनसंख्या छ, डेनमार्कको स्वशासित क्षेत्र हो। ट्रम्पको ग्रिनल्याण्डमा चासो नयाँ होइन, पहिलो राष्ट्रपति कार्यकालमा नै २०१९ मा उनले यो क्षेत्र खरिद गर्ने प्रस्ताव राखेका थिए। तत्कालीन डेनिश प्रधानमन्त्री मेट्टे फ्रेडरिकसेनले तत्कालै अस्वीकार गरेकी थिइन्।

 ट्रम्पको यस प्रकारको विवादास्पद टिप्पणीले अमेरिका–युरोप सम्बन्धको भविष्यको बारेमा चिन्ता बढाएको विज्ञहरूले चेतावनी दिएका छन्। ट्रम्पले अमेरिकी राष्ट्रपतिका रूपमा यही २० जनवरीमा शपथ लिने छन्। 

प्रकाशित: १ माघ २०८१ ११:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App