२४ माघ २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दिल्लीमा हल्का वर्षासँगै व्यापक चिसो बढ्ने

भारतको नयाँ दिल्लीमा आइतबार बाक्लो हुस्सु लागेको छ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार भारतीय राजधानी दिल्लीमा शहरमा मेघगर्जन र असिनासहित वर्षाको चेतावनी जारी गरेको छ भने आइतबार बिहानको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको छ।

‘इन्डिया गेट’को श्रव्यदृष्यमा राष्ट्रिय राजधानी नयाँदिल्लीमा दृश्यता प्रतशत करिब शून्य रहेको बताइएको छ।  

शनिबार राष्ट्रिय राजधानीमा हल्का वर्षा भएको र न्यूनतम तापक्रम ७.७ डिग्री सेल्सियसमा झरेको थियो।

त्यसैगरी, कानपुर र ग्वालियरजस्ता शहरमा पनि बाक्लो हुस्सु लागेको छ। आईएमडीका अनुसार शनिबार दिल्लीको औसत तापक्रम ११ डिग्री सेल्सियस मापन गरिएको थियो।

प्रतिकूल मौसमका बावजुद इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि उडान डाइभर्सन वा रद्द गरिएको छैन। यद्यपि, कुहिरोका कारण धेरै रेलहरूको सेवामा ढिलाइको सामना गर्नु परेको छ। एजेन्सी

प्रकाशित: २८ पुस २०८१ १२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App