जारी आईसीसी विश्वकप लिग–२ मा सोमबार जारी खेलमा स्कटल्याण्डविरुद्ध नेपालले सय रन पुरा गरेको छ।
स्कटल्याण्डले दिएको १९५ रनको लक्ष्य पछाईरहेको नेपालले १९.५ ओभरमा २ विकेट गुमाएर सय रन पूरा गरेको हो।
नेपालका ओपनर आशिफ शेख २९ रनमा रनआउट भए। यस्तै, अर्को ओपनर कुशल भुर्तेल २८ रनमा समेटिएका थिए।
अहिले क्रीजमा कप्तान रोहित पौडेल २८ रन र ईशन पाण्डे ३५ रन बनाएर खेलिरहेका छन्।
ताजा स्थितीमा नेपालले २३ ओभरमा दुई विकेटको क्षतीमा १२२ रन बनाएको छ।
प्रकाशित: ४ जेष्ठ २०८३ १४:१४ सोमबार





