२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

पूर्वगृहमन्त्री गुरुङको सम्पत्ति विवरणमाथि निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

नेपाली कांग्रेस संसदीय दलका उपनेता अभिषेक प्रताप शाहले पूर्वगृहमन्त्री सुदन गुरुङको सम्पत्ति विवरणमाथि निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहले पूर्वगृहमन्त्री गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरण अस्वाभाविक र शंकास्पद देखिएको भन्दै त्यसमाथि तत्काल निष्पक्ष तथा पारदर्शी छानबिन गर्न सरकारसँग माग गरेका हुन्।

शाहले जनस्तरमा आयोगले पूर्व गृहमन्त्रीलाई बचाउन वा चोख्याउन खोजिरहेको भन्ने व्यापक आशंका र चर्चा रहेको बताएका छन्। उनले कुनै पनि शक्तिशाली पदमा बसेको व्यक्ति कानुनभन्दा माथि हुन नहुने उल्लेख गर्दै आयोगले कुनै दबाब वा प्रभावमा परेर काम गर्न नहुने बताए।

उनले प्रतिनिधि सभा जनताको विश्वासको केन्द्र भएकाले आयोगको गतिविधिमाथि निगरानी राख्न तथा पूर्व गृहमन्त्रीको सम्पत्तिको उच्चस्तरीय र पारदर्शी छानबिन सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।

प्रकाशित: ४ जेष्ठ २०८३ १३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App