उज्वेकिस्तानद्वारा २०२५ लाई वातावरण संरक्षण, हरित अर्थतन्त्रको वर्ष घोषणा
नयाँ वर्षको आगमनमा उज्वेकका राष्ट्रपति शावकत मिर्जियोयेभले २०२५ लाई देशको लागि वातावरण संरक्षण र हरित अर्थतन्त्रको वर्ष घोषणा गरेका छन्।
नयाँ वर्षको आगमनमा उज्वेकका राष्ट्रपति शावकत मिर्जियोयेभले २०२५ लाई देशको लागि वातावरण संरक्षण र हरित अर्थतन्त्रको वर्ष घोषणा गरेका छन्।
संयुक्त राष्ट्रसङ्घले सोमबार जलवायु परिवर्तनले सन् २०२४ मा चरम मौसम र रेकर्ड तापक्रम ल्याएको भन्दै विश्वलाई ‘विनाशको बाटोबाट’ पछि हट्न आग्रह गरेको छ।
मस्कोले अजरबैजान एयरलाइन्सको विमान खसाल्ने जिम्मेवारहरूलाई सजाय दिने वाचा गरेको अजरबैजानले सोमबार बताएको छ। बाकुले रूसी हवाई रक्षाले गोली हानेको बताएको छ।
दक्षिण कोरियाको यातायात मन्त्रालयले दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स सुरक्षित गरेको जनाएको छ। अहिले अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ। विमानको दुई वटा ब्ल्याक बक्स रहेको बताइएको छ।
सन् २०२४ मा पाकिस्तानमा ३८३ सुरक्षाकर्मी र ९२५ आतंककारीहरू मारिएका छन्। पाकिस्तानभर सञ्चालन गरिएका ५९ हजार ७७५ अभियानहरूमा ३८३ सुरक्षाकर्मी, ९२५ आतंकवादी मारिएको पाकिस्तानी सेनाका एक वरिष्ठ अधिकारीले बताए।
भारतको महाराष्ट्रमा एक व्यक्तिले आफ्नी श्रीमतीलाई जिउँदै जलाएका छन्। महाराष्ट्रको परभनी जिल्ला प्रहरीका अनुसार तेस्रो सन्तान पनि छोरी नै जन्माएको भन्दै उनले श्रीमतीलाई आगो लगाइदिएका हुन्।
इटालियन प्रहरीले मिलानको एयरपोर्ट तथा विदेश मन्त्रालय लगायत धेरै वेबसाइटहरूलाई लक्षित गरी रुस समर्थक समूहले गरेको साइबर आक्रमणको अनुसन्धान गरिरहेको जनाएको छ।