२७ पुस २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सजाय पाउने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सजाय पाउने पहिलो राष्ट्रपति बनेका छन्। पोर्नस्टारलाई मौन राख्न पैसा तिरेको मुद्दामा उनलाई ३४ वटा आरोपमा सजाय सुनाइएको छ। 

तर, न्युयोर्कको म्यानहट्टन अदालतले ट्रम्पलाई जेल पठाउनुको सट्टा बिना शर्त रिहा गरेको छ। ट्रम्पलाई मे २०२४ मा दोषी ठहर गरिएको थियो। निर्वाचित राष्ट्रपति ट्रम्पलाई दिइएको यो सजाय प्रतीकात्मक मात्र हो। 

यसको अर्थ उनले न त जेल जानुपर्नेछ न त कुनै जरिवाना तिर्नुपर्नेछ। यद्यपि, उनले अमेरिकी राष्ट्रपतिको रूपमा एक दोषी अपराधीको रूपमा सपथ लिनेछन्, जसले उनको छविलाई हानी पुर्‍याउन सक्छ। 

नोभेम्बर ६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्प विजयी भएका थिए र उनले जनवरी २० मा सपथ लिने कार्यक्रम छ।

प्रकाशित: २७ पुस २०८१ ०७:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App