३ जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

झापा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दुर्गापुरबाट जुकेखाडीतर्फ आउँदै गरेको मे ४ प ७१९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक कन्काई नगरपालिका–४ का ३५ वर्षीय मनोज कुमाल गम्भीर घाइते भएका थिए।

घाइते कुमाललाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकामा थप उपचारका लागि नोबेल अस्पताल विराटनगर रेफर गरिएको थियो।

कुमालको उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: ३ जेष्ठ २०८३ २१:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App