२३ पुस २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जाँदा जाँदै बाइडेनद्वारा इजरायललाई आठ अर्ब डलरको हतियार

अमेरिकी विदेश विभागले इजरायललाई आठ अर्ब डलरको हतियार बिक्रीलाई अनुमोदन गर्ने आफ्नो योजनाको बारेमा शुक्रबार काङ्ग्रेसलाई जानकारी गराएको छ।  

दुईवटा काङ्ग्रेस कमिटीमा पठाइएको सूचना अनुसार प्रस्तावित बिक्रीमा बम, लडाकु विमान, मिसाइल तथा जीपीएस निर्देशन प्रणाली समावेश छ। 

यद्यपि, एक अमेरिकी अधिकारीले भने,“ यदि काङ्ग्रेसले अन्तिम स्वीकृति दिए भने हतियार सहित केही युद्धक सामग्री यो वर्षको डेलिभर गर्न सकिन्छ। ”

यो प्याकेजले राष्ट्रपति जो बाइडेनको प्रशासनमा इजरायललाई अन्तिम हतियार बिक्री चिन्ह लगाउन सक्छ। 

सन् २०२३ अक्टोबर ७ देखि हमास र इजरायलबीच संघर्ष जारी छ। आउँदो जनवरी २० देखि अमेरिकामा डोनाल्ड ट्रम्पले सत्ता सम्हाल्नेछन्। त्यसअघि बाइडेनले यो महत्वपूर्ण कदम चालेका हुन्। 

हालै उनले युक्रेनलाई पनि सहायताको घोषणा गरेका थिए। राष्ट्रपति बाइडेनले गत सोमबार नै युक्रेनका लागि करिब २.५ अर्ब डलरको सुरक्षा सहायता घोषणा गरेका थिए। यसले युद्ध समाप्त गर्ने मनसाय बनाएर सरकारमा आउँन लागेका ट्रम्पका लागि थप असहजता उत्पन्न हुन सक्ने देखिन्छ। एजेन्सी

प्रकाशित: २२ पुस २०८१ ०६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App