१३ माघ २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रपतिको सपथ लिनुअघि नै समस्यामा डोनाल्ड ट्रम्प

अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदको सपथ लिनुअघि नै ठूलो समस्या परेको छ। उनी हश मनी मुद्दामा दोषी ठहर भएका छन्। अब उनले सजाय भोग्नुपर्ने छ। 

न्यूयोर्कका एक न्यायाधीशले यो मुद्दालाई खारेज गर्ने ट्रम्पको अपील अस्वीकार गरेका हुन्। ट्रम्प जनवरी २० मा अमेरिकी राष्ट्रपतिको सपथ लिने तयारीमा छन्, तर त्यसअघि नै उनी यो विवादमा फसेका छन्। 

न्यायाधीशको यो आदेशले रिपब्लिकन पार्टीलाई स्तब्ध बनाएको छ। यसले डोनाल्डको आगामी राजनीतिक जीवनमा कस्तो प्रभाव पार्ने हो, त्यो अझै अनिश्चित छ। ट्रम्पले २००६ मा वयस्क फिल्म स्टार स्टर्मी डेनियलसँग डेट गरेका थिए। 

सोबारे चुप लाग्नको लागि उनलाई गोप्य रूपमा पैसा दिएको आरोप छ। यो रकम दिनका लागि ट्रम्पले व्यापार अभिलेख नक्कली बनाएका थिए, जसले उनलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गराएको हो। 

यो मुद्दाको सजाय जनवरी १० मा सुनाइनेछ, तर न्यायाधीश जुआन मार्चेनले ट्रम्प जेल जानु नपर्ने संकेत गरेका छन्। न्यायाधीशका अनुसार उनलाई सशर्त रिहा गरिनेछ र सुनुवाइका क्रममा उनलाई अदालतमा वा व्यक्तिगत रूपमा उपस्थित हुन स्वतन्त्रता दिइएको छ। 

ट्रम्पले यो मुद्दा खारेज गर्न आफ्नो चुनावी जीत प्रयोग गर्ने प्रयास गरे, तर उनको अपील अस्वीकार भयो। उनको टोलीले न्यायाधीशको निर्णयको आलोचना गरेको छ, तर न्यायाधीश मार्चेनले मुद्दालाई अन्तिम रूप दिएर मात्र न्यायको हितको रक्षा हुने जनाएका छन्।

 यस्तो अवस्थामा, ट्रम्पले जनवरी २० मा राष्ट्रपति पदको सपथ लिनुअघि नै आफ्नो कार्यकालको शुरुवात एकदमै जटिल परिस्थितिमा गर्नुपर्ने देखिन्छ। एजेन्सी

प्रकाशित: २० पुस २०८१ ०९:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App