२० पुस २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरिया विमान दुर्घटना, कम्तीमा ८५ जनाको मृत्यु

दक्षिण कोरियामा आइतबार बिहान भएको विमान दुर्घटनामा कम्तीमा ८५ जनाको मृत्यु भएको छ। 

दक्षिणपश्चिम कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा जेजु एयरको उडान ७ सि २२१६ धावनमार्गबाट चिप्लिएर रनवेको बाहिरी पर्खालमा ठोक्किएको थियो। यो विमान बैंकक, थाइल्याण्डबाट आएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्।  

विमानमा १७५ यात्रु र ६ जना चालक दलका सदस्य थिए। सियोलबाट करिब २९० किलोमिटर टाढा रहेको यो दुर्घटनाको कारण अझै प्रष्ट भएको छैन। तर चरा ठोक्किएर वा मौसम खराबीका कारण भएको हुन सक्ने अनुमान गरिएको छ।  

दुर्घटनास्थलमा करिब ८० दमकल खटिएर आगो निभाउन ४३ मिनेट लागेको थियो। प्रहरी र दमकलले विमानको पछाडि भागबाट उद्धार कार्य जारी राखेका छन्। अधिकांश यात्रु दक्षिण कोरियाली नागरिक थिए। हालसम्म दुई जनालाई जीवित उद्धार गरिएको अधिकारीहरूले जानकारी दिए। 

उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने देखिएको छ। एजेन्सी

प्रकाशित: १४ पुस २०८१ १०:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App