१३ पुस २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नासाको ‘पार्कर सोलार प्रोब’ सूर्यको सबैभन्दा नजिक पुग्यो

नासाको ‘पार्कर सोलार प्रोब’ ले मङ्गलबार सूर्यको सबैभन्दा नजिक पुग्दा नयाँ कीर्तिमान कायम गरेको छ।

यो अन्तरिक्ष यान मङ्गलबार सूर्यको सतहबाट ३.८ मिलियन माइल (लगभग ६.१ मिलियन किलोमिटर) भित्र जाने अपेक्षा गरिएको छ, जुन अघिल्लो मिसनभन्दा सात गुणा नजिक हो।

सन् २०१८ मा यसको प्रक्षेपण भएदेखि पार्कर २१ सौर्य उडानको क्रममा क्रमशः सूर्यको नजिक सरेको छ।

यसले पृथ्वीमा जीवन र प्रविधिलाई असर गर्ने अन्तरिक्ष वातावरणमा हुने परिवर्तनहरूको भविष्यवाणी गर्न पनि महत्त्वपूर्ण योगदान दिने बताइएको छ। सिन्ह्वा

प्रकाशित: १३ पुस २०८१ ०७:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App