१४ पुस २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरिया:राष्ट्रपति विरुद्धको महाअभियोग प्रस्ताव विफल बनाउने सत्तारुढ दलको जिकिर

दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलको पार्टीले राष्ट्रपति विरुद्धको महाअभियोगको सामना गर्ने बताएको छ। पार्टी नेता हान डोंग हुनले महाभियोगको प्रस्तावलाई विफल गराउने बताएका छन्। 

नेता हुनले महाभियोगको प्रस्तावलाई विफल बनाउन अन्य दललाई पनि आग्रह गरेका छन्। महाभियोगको प्रस्तावले मुलुकलाई अस्थिरता र अराजकता तर्फ लैजाने भन्दै मुलुकको हितका लागि सबै दल महाभियोगको विरुद्धमा उभिनु पर्ने उनको भनाइ छ । 

यद्यपी उनले राष्ट्रपतिको कदमलाई ‘दुःखद’ भन्दै घटनामा संलग्नलाई जवाफदेही बनाउनु पर्ने बताएका छन्।विपक्षी दलले राष्ट्रपति युनलाई महाभियोग लगाउने प्रस्ताव दर्ता गराइसकेका छन्।

राष्ट्रपति युनविरुद्धको महाभियोग प्रस्तावमा संसदमा मतदान कहिले भन्ने बारे भने यकिन भएको छैन। दक्षिण कोरियाको ३ सय सदस्यीय संसदमा विपक्षीदलसँग बहुमत भए पनि महाभियोगको प्रस्ताव पारित गर्न आवश्यक दुई तिहाइ बहुमत भने पुग्दैन। 

यसका लागि राष्ट्रपतिको पार्टीबाट केही सांसदले समर्थन जनाउनु पर्ने छ। राष्ट्रपति योलकोे राजीनामा माग गर्दै श्रमिक संगठनहरु अनिश्चितकालीन आम हड्तालमा ओर्लिएका छन्।

राष्ट्रपति योलले उत्तर कोरिया र ‘राज्यविरोधी शक्ति’को खतराको हवाला दिँदै मङ्गलबार राति टेलिभिजनमा सैनिक शासन लागू गरिएको घोषणा गरेका थिए। यद्यपी उनको यो घोषणा केही घण्टा पनि टिकेन। कोरियाली संविधानअनुसार संसदमा बहुमतले माग गर्दा सैनिक शासन हटाउनुपर्ने प्रावधान छ ।

प्रकाशित: २० मंसिर २०८१ १२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App