१७ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

शिक्षा सुधार्न सहकार्य आवश्यक: शिक्षामन्त्री भट्टराई

सङ्घीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सहकार्य, समन्वय र सहअस्तित्वमा काम गर्न सके शिक्षामा सुधार गर्न सकिने बताएकी छन्।

आइतबार विराटनगरमा सङ्घीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको  शिक्षा व्यवस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले भएको शिक्षा ऐन र शिक्षा नीतिबाट पनि धेरै काम गर्न सकिन स्पष्ट पारिन्।

मन्त्री भट्टराईले सङ्घीय शिक्षा ऐन छलफल प्रक्रियामा अघि बढी सकेकोले चाँडै आउनेमा आशावादी हुन आग्रह गरिन्। शिक्षा क्षेत्र समस्या ग्रस्त भएकाले कानुन आवश्यक रहेको र कानुन बनाउन खोजेको बताउँदै कानुनसँगै व्यवहारिक पक्ष पनि बलियो बनाउनु पर्ने उनको धारणा थियो।   

यसअघि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सङ्घीय शिक्षा ऐन चाँडो ल्याउन आग्रह गरेका थिए। संघ सरकारले छिटो छरितो ढंगले कानुन नबनाउँदा समग्र शिक्षा क्षेत्र नै प्रभावित भइरहेको उनले धारणा राखेका थिए।

उनले भनेका थिए ‘प्रदेशले सात दिनमा बनाउन सक्ने कानुन संघले सात वर्षमा पनि बनाउन सक्दैन किन हो म छक्क पर्छु। संघले चाँडै कानुन बनाएर शिक्षा क्षेत्रका व्यवधानलाई हटाउन पहल गरोस्।’

प्रकाशित: १४ पुस २०८१ १५:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App