नयाँ वर्षको आगमनमा उज्वेकका राष्ट्रपति शावकत मिर्जियोयेभले २०२५ लाई देशको लागि वातावरण संरक्षण र हरित अर्थतन्त्रको वर्ष घोषणा गरेका छन्।
देशको मुख्य लक्ष्य आर्थिक प्रणाली र वातावरण बीचको दिगो सन्तुलनका साथै व्यवसायका लागि थप अवसरहरू सिर्जना गर्नु हो। उज्वेक नेताले निजी सम्पतीको संरक्षण र विदेशी लगानीलाई सक्रिय रूपमा आकर्षित गर्न देशले निर्णायक रूपमा काम गरिरहने बताए।
मिर्जियोयेभले सन् २०२४ लाई समृद्ध र नयाँ उज्वेकिस्तानको विचार वास्तविकतामा परिणत हुने वर्षका रूपमा मनाइएको बताए। सन् २०२४ लाई उज्वेकिस्तानमा युवा र व्यवसायका लागि सहयोगको वर्ष घोषणा गरिएको थियो। एजेन्सी
प्रकाशित: १७ पुस २०८१ ०९:५८ बुधबार