६ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकापछि अन्य देशले पनि युक्रेनमा दूतावास बन्द गर्न थाले

स्पेनले युक्रेनको राजधानी किभमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ। यसअघि, अमेरिकाले पनि कीभमा रहेको आफ्नो दूतावास अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको थियो।  

कीभमा हवाई हमलाको बढ्दो खतरालाई मध्यनजर गर्दै स्पेन र अमेरिका दुवैले आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेका हुन्। स्पेनी समाचार एजेन्सी ईएफईका अनुसार, स्पेनको दूतावासले युक्रेनमा हवाई आक्रमणको जोखिम बढेको भन्दै आफ्नो कार्यलय बन्द गर्ने निर्णय गरेको जनाएको छ।  

स्पेनको दूतावासले युक्रेनमा रहेका आफ्ना नागरिकलाई पत्र पठाउँदै, उनीहरूलाई सुरक्षित स्थानमा जान र स्थानीय प्रशासनको निर्देशन अनुसार हिड्न भनेको छ। साथै, इटाली र ग्रीसले पनि कीभमा हवाई आक्रमणको डरले आफ्ना दूतावासको काम अस्थायी रूपमा रोक्ने निर्णय गरेका छन्।

प्रकाशित: ६ मंसिर २०८१ १०:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App