१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हिजबुल्लाहको नयाँ प्रमुखमा नईम कासिम नियुक्त

हिजबुल्लाहको नयाँ प्रमुखमा नईम कासिमलाई नियुक्त गरिएको छ। गत महिना दक्षिण बेरुतमा इजरायली आक्रमणमा मारिएका नसरल्लाहको उत्तराधिकारीको रुपमा हिजबुल्लाहले मङ्गलबार उपप्रमुख नईमलाई आफ्नो प्रमुख घोषणा गरेको हो।

नसरल्लाहको हत्या भएको एक महिनाभन्दा बढी समयपछि इरान समर्थित समूह हिजबुल्लाहले भनेको छ, ‘हिजबुल्लाहको (शासक) शूरा परिषद्ले शेख नईम कासिमलाई हिजबुल्लाहको महासचिवका रूपमा निर्वाचित गर्न सहमति जनाएको छ।’

हिजबुल्लाहको कार्यकारी परिषद्का प्रमुख हाशिम सफिद्दिन सुरुमा नसरल्लाहको उत्तराधिकारी हुने अनुमान गरिएको थियो। तर उनी पनि नसरल्लाहको हत्यापछि छोटो समयमै बेरुतको दक्षिणी उपनगरमा भएको इजरायली आक्रमणमा मारिए पछि नईमलाई नयाँ प्रमुखको रुपमा चुनिएको छ।

७१ वर्षीय कासिम सन् १९८२ मा हिजबुल्लाहका संस्थापकहरूमध्येका एक हुन् र नसरल्लाहले नेतृत्व सम्हाल्नुभन्दा एक वर्षअघि सन् १९९१ देखि उनी पार्टीको उप–महासचिवको रुपमा काम गर्दै आएका थिए। 

प्रकाशित: १४ कार्तिक २०८१ ०६:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App