९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायतमा पाँच वर्षमा पाँच गुणाले घट्दै लखपति

यस्ताे पनि!

क्याप्शन

लेबर पार्टीको सरकार रहुञ्जेल पाँच वर्षभित्रमा बेलायती मिलेनियरको संख्या पाँच गुणाले घट्ने प्रक्षेपण गरिएको छ।

एडम स्मिथ इन्स्टिच्युटका अनुसार, अहिले बेलायतमा ४.५५ प्रतिशत मिलेनियर छन्। सन् २०२८ सम्म सो प्रतिशत घटेर ३.६२ प्रतिशतमा झर्ने छ। जर्मनी, फ्रान्स र इटालीमा भने मिलेनियरको संख्या बढ्ने पनि प्रक्षेपण गरिएको छ।

एडम स्मिथ इन्स्टिच्युटले मिलेनियर भन्नाले कम्तीमा १० लाख डलर सम्पत्ति भएको व्यक्तिलाई मानेको छ। जसमा सेयर, प्रोपर्टी, पेन्सन फन्ड, नगदलगायत समेत गनिन्छ। यी सबै मिलाउँदा कसैसँग १० लाख डलर भयो भने तिनलाई मिलेनियर मानिन्छ।

बेलायतमा पछिल्लो समय करको दरमा बढोत्तरी हुँदै जाँदा सर्वसाधारणको बचत घट्दै जाने देखिएको छ। जो मिलेनियर छन, तिनले उच्च कर तिर्नुपर्ने भएकाले उनीहरू मिलेनियरको अवस्थाबाट तल झर्ने देखिएको हो।

धनीहरूबाट बेलायती सरकारले कम्तीमा २९.१ प्रतिशत कर उठाउने गरेको छ। यो कर उसको सबैभन्दा ठूलो प्रतिशत हो। तथ्याङ्कअनुसार बेलायतले यसै वर्ष नौ हजार पाँच सय मिलेनियरहरू गुमाएको छ। मिलेनियर घट्नुको अर्थ बिलेनियर (अर्बपति) पनि घट्नु हो। बेलायतमा सन् २०१९ मा एक सय दुई जना अर्बपति भएकामा अहिले ७५ जनामा सीमित रहेको छ।

बेलायतमा ७४ हजार जनाले आफूलाई नन–डम घोषित गरेका छन्। नन–डमले आफूले कमाएको नगद रकमको मात्र कर तिर्ने गर्छन्।

प्रकाशित: ८ कार्तिक २०८१ ०८:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App