२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फ्लोरिडामा मिल्टन आँधीको खतरा, लाखौँ नागरिकलाई घर खाली गर्न निर्देशन

अमेरिकाको फ्लोरिडामा मिल्टन नामक आँधीका कारण चेतावनी जारी गरिएको छ।

अमेरिकाको नेशनल हरिकेन सेन्टरका अनुसार मिल्टन आँधी बुधवार राति फ्लोरिडासँग ठोक्किने भएकाले त्यस क्षेत्रलाई खाली गर्न लाखौँ नागरिकलाई निर्देशन दिइएको छ।

बीबीसीका अनुसार अहिले उक्त आँधी फ्लोरिडाको टैम्पा बेको दक्षिण पश्चिमदेखि करीब ४८५ किलोमीटर टाँढा रहेको छ। तर, बुधवार राति मिल्टन फ्लोरिडासँग ठोक्किने भएकाले त्यस क्षेत्रमा बसोबास गर्ने झन्डै ३० लाख नागरिकलाई सुरक्षित स्थानमा जान भनिएको हो।

यूएस नेशनल हरिकेन सेन्टरले मिल्टन आँधीलाई वर्गीकरण–५ मा राखेको छ। हरिकेन सेन्टरले मिल्टन आँधीको गति २७० किलोमीटर प्रति घन्टा रहेको बताएको छ। टैम्पा प्रहरीले भने मिल्टन आँधीलाई दशककै सबैभन्दा ठूलो आँधी बताएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले पनि क्षेत्र खाली गर्न र नियमको पालना गर्न आग्रह गरेका छन्। 

प्रकाशित: २३ आश्विन २०८१ २०:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App