२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हमास-इजरायल युद्धको एक वर्षः बन्धक रिहाइको छैन कुनै छाँटकाँट

इजरायलले हमासमाथि आक्रमण गरेको एक वर्ष भएको छ। गत वर्ष ७ अक्टुबरकै दिन हमासले इजरायलमाथि आक्रमण गर्दा १ हजार १ सय ३९ जनाको मृत्यु भएको थियो भने २ सयभन्दा बढीलाई बन्धक बनाएको थियो।

हमासले गरेको आक्रमणको बदला लिन इजरायलले सुरु गरेको आक्रमणमा हालसम्म ४१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने गाजामाथि इजरायली आक्रमण अझै पनि जारी नै छ।

एक वर्षको अवधिमा इजरायलले हमासका प्रमुख इस्माइल हानिया र हिजबुल्लाहका प्रमुख सयैद हसन नसरल्लाहसहित अन्य शीर्ष नेताहरूको पनि हत्या गरेको छ।

हमासलाई युद्धमा सहयोग गर्ने र समर्थन गर्नेमाथि पनि पछिल्लो समय इजरायलले आक्रमण सुरु गरेको छ।

इजरायलले हमास र हिजबुल्लाहको अन्त्य नभएसम्म युद्ध जारी रहने बताएको छ।

पछिल्लो एक वर्षको अवधिमा बन्धक बनाइएकाहरूको रिहाई र युद्ध अन्त्यका लागि विभिन्न चरणमा वार्ता भएपनि ठोस निस्कर्स भने निकस्न सकेको छैन।

गत अप्रिलमा एक साताका लागि अस्थायी युद्धविराम हुँदा दुबै तर्फका केही नागरिकलाई रिहा गरिएको थियो। तर, त्यसपछि पुनः युद्धविराम र बन्धक रिहाइका लागि पहल भएपनि खासै निस्कर्स निस्कन सकेको छैन।

प्रकाशित: २१ आश्विन २०८१ ०८:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App