१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत आज ७८ औँ स्वतन्त्रता दिवस मनाउँदै

भारतले आज आफ्नो ७८ औँ स्वतन्त्रता दिवस मनाउँदै छ। १९० वर्षसम्म अङ्ग्रेजहरूले गरेको शासन पछि स्वतन्त्र भएको भारतले प्रत्येक वर्ष १५ अगस्टलाई राष्ट्रिय पर्वको रुपमा मनाउने गर्छ।

स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राजधानी दिल्लीको लाल किलामा राष्ट्रिय झन्डा फहाराउने छन् भने देशबासीका नाममा सम्बोधन गर्नेछन्।

‘विकसित भारत २०४७’ उदेश्यका साथ प्रधानमन्त्री मोदीले आज देशको विकाससँग सम्बन्धी आफ्नो विचार प्रस्तुत गर्नेछन्।

लालकिलामा आयोजन हुने विशेष समारोहलाई ध्यानमा राखि दिल्लीको सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ। समारोहमा ६ हजारभन्दा बढी विशेष अतिथिले सहभागीता जनाउने छन् भने विभिन्न राज्य, समुदायका व्यक्तिहरूले झाँकी, परेड लगायतका प्रस्तुत गर्नेछन्।

स्वतन्त्रता दिवसको अवसरमा भारतमा आज सार्वजनिक विदा दिइएको छ।

प्रकाशित: ३१ श्रावण २०८१ ०६:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App