१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हमाससँग युद्धविराम वार्ता पुनः सुरु गर्न इजरायल सहमत

हमाससँग पुनः युद्धविराम सम्बन्धी वार्ताका लागि इजरायल सहमत भएको छ।

विश्वव्यापी आग्रह र अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूको अनुरोधमा अगष्ट १५ देखि गाजा युद्धविराम वार्ता पुनः सुरु गर्न इजरायल सहमत भएको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जनाएको छ।

गाजास्थित हमास नियन्त्रित नागरिक सुरक्षा निकायले दुई वटा विद्यालयमा गरिएको इजरायली आक्रमणमा बिहीबार पनि १८ जनाभन्दा बढीको मृत्यु भएको जनाएकोे छ।

नोभेम्बरमा एक हप्ता लामो युद्ध विरामपछि मध्यस्थकर्ताहरूले युद्ध अन्त्य र शान्ति स्थापनाका लागि  दोस्रो युद्धविरामको प्रयास गरेका छन्।

बिहीवार संयुक्त वक्तव्य जारी गर्दै तीन देशका नेताहरूले युद्धरत पक्षहरूलाई अगस्ट १५ मा दोहा वा कायरोमा पुनः वार्ता गरी सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेका छन्।

मध्यस्थकर्ताहरूले सम्झौता ढाँचा प्रस्तुत गरिसकिएको जनाउँदै कार्यान्वयनका लागि सहमतिको विवरणसहित निष्कर्षमा पुग्न बाँकी रहेको उल्लेख गरेका छन्।

नेतान्याहुको कार्यालयले इजरायलले अगस्ट १५ मा सम्झौता कार्यान्वयनको विवरण तयार गर्न तोकिएको स्थानमा वार्ता टोली पठाउने जनाएको छ।

गाजामा बन्दी बनाइएकाहरूको रिहाइ र सहायता वितरणलगायतका विषयमा चरणबद्धरूपमा छलफल गर्ने बिषयमा युद्धविराम सम्झौता केन्द्रित हुनेछ।

यो युद्धविरामसम्बन्धी छलफल अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रस्तावित ढाँचामा केन्द्रित रहेको जनाइएको छ जुन ढाँचा इजरायली प्रस्तावमा तयार भएको हो।

अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा नेतान्याहूले सम्झौतामा रोक लगाएको सुझावलाई अस्वीकार गर्दै पत्रकारहरूलाई इजरायल यद्धविराम वार्ताप्रति पुर्वाग्रही रहेको जानकारी दिएका छन्।

वार्ताको घोषणा हनियाको मृत्युपछि हमासले इजरायल आक्रमणका प्रमुख योजनाकार याह्या सिनवारलाई नयाँ नेताको रूपमा नियुक्त गरेपछि आएको हो। रासस

प्रकाशित: २५ श्रावण २०८१ १३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App