२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजा युद्धः ८ महिनामा १५ हजार बालबालिका मारिए, १७ हजार अभिभावकविहीन

हमास र इजराइल युद्धका कारण गाजामा १५ हजारभन्दा बढी बालबालिका मारिएका छन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार पछिल्लो ८ महिनादेखि जारी युद्धमा परी १५ हजार ६९४ जना बालबालिका मारिएका हुन्। समाचार संस्था अलजजिराका अनुसार युद्धका कारण १७ हजारभन्दा बढी बालबालिका अभिभावकबिहीन भएको पनि सङ्गठनले जनाएको छ।

सङ्गठनका प्रमुख डा.टेड्रोस एड्हनोम घेब्रेयससले युद्धग्रस्त क्षेत्रमा पाँच वर्ष मुनिका झन्डै ८ हजार बालबालिका तीव्र कुपोषणबाट ग्रस्त भएको बताए।

उनले युद्धका कारण गाजा क्षेत्रमा भोकमरी उत्पन्न भएको र त्यहाँका नागरिकले खाद्यान्न, पिउने पानी लगायत चुनौतीको सामना गर्नु परिरहेको बताए।

युद्धका कारण गाजाका अधिकांश अस्पताल र स्वास्थ्य केन्द्रहरू क्षतिग्रस्त भइसकेकाले स्वास्थ्य सेवा प्रवाहमा समेत कठिनाई भइरहेको उनले बताए।

हालसम्म गाजामा युद्धका कारण ६० हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

पछिल्लो समय दक्षिणी गाजामा पनि इजराइलले आक्रमण तीव्र बनाउँदै गएकोमा टेड्रोसले चिन्ता व्यक्त गर्दै यदि तत्काल युद्ध नरोके समस्या थप भयावह बन्ने चेतावनी दिए।

प्रकाशित: ३१ जेष्ठ २०८१ १३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App