२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रिपतिमा निर्वाचित भएको ८ महिना पछि संसदमा पनि मुइज्जूलाई बहुमत

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जूको पीपुल्स नेशनल कांग्रेस (पीएनसी) पार्टीले संसदमा  बहुमत हासिल गरेको छ।

समाचार संस्था पीटीआई र एएफपीका अनुसार मुइज्जूको पार्टीले ९३ मध्ये ६६ सिटमा जित हासिल गरेको छ।

माल्दिभ्सको चुनाव आयोगले वक्तव्य जारी गर्दै स्थानीय समय अनुसार आइतवार साँझ ६ बजेसम्म करिब २ लाख ब्यालेट पेपरको माध्यमबाट मतदान गरिएको बताएको छ। जसमा ९३ सिटमध्ये ७२. ९६ प्रतिशत मत खसेको आयोगले जनाएको छ।

मुइज्जÞू गत वर्ष सेप्टेम्बरमा मोहम्मद सोलिहलाई हराउँदै राष्ट्रपतिमा निर्वाचित भएका थिए। तर, संसदमा भने सोलिहकै पार्टीको बहुमत थियो। तर, आइतवारको निर्वाचन पछि मोइज्जूले बहुमत प्राप्त गरेका छन्।

संसदमा बहुमत नहुँदा मोइज्जूलाई नयाँ कानून बनाउन समस्या भइरहेको थियो।

माल्दिभ्समा राष्ट्रपतिको निर्वाचत प्रत्यक्ष जनताबाट हुन्छत। तर, संसदमा भने पार्टीगत जित हात पारेपछि मात्रै काम कारबाही अघि बढाउन सहज हुने भएकाले माल्दिभ्सको संसदमा चुनाव भएको हो।

भारत विरोधी र चीन निकट मानिने मुइज्जूको जितले भारतलाई समस्या हुने भएको देखिन्छ।

प्रकाशित: १० वैशाख २०८१ ०९:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App