१० वैशाख २०८२ बुधबार
image/svg+xml २०:३७ अपराह्न
अन्तर्राष्ट्रिय

इजरायली प्रधानमन्त्रीले भनेः रफाहमाथिको आक्रमण कुनैपनि हालतमा रोकिँदैन

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले रफाहमाथिको आक्रमण नरोकिने बताएका छन्।

उनले गाजाको रफाहमा इजरायलले हमासविरुद्ध आक्रमण गर्ने र यसलाई विश्वको कुनै पनि शक्तिले रोक्न नसक्ने बताए।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले तेल अभिभबाहिर रहेको सैन्य शिविरमा नयाँ भर्ना भएका सैनिकसँगको भेटमा भने, ‘प्यालेस्टिनी सहरमा जमीनी आक्रमण रोक्न अन्तर्राष्ट्रिय दवाव आइरहेको छ। तर, आफूलाई रोक्न सक्ने कुनै पनि शक्ति संसारमा छैन।’

उनले रफाहमा कहिले आक्रमण गर्ने मिति भने खुलाएनन्।

गाजाको अन्य क्षेत्रमा बसोबास गर्ने करिब १४ लाख मानिसहरू बमबारीबाट बच्न रफाहमा शरण लिइरहेका छन्। संयुक्त राष्ट्रसङ्घ र सहायता विज्ञहरूले गाजाको सबैभन्दा दक्षिणी शहर रफाहमा इजरायलले कुनै पनि सैन्य अभियान चलाउन नहुने बारम्बार चेतावनी दिँदै आएका छन्। रासस

प्रकाशित: २८ चैत्र २०८० १०:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App