युद्धविरामको वार्ता चलिरहँदा बेन्जामिनले भने:रफाहमा आक्रमण रोकिँदैन
इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा युद्धविरामको वार्ता भइरहँदा रफाहमा आक्रमण नरोक्ने बताएका छन्।
इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा युद्धविरामको वार्ता भइरहँदा रफाहमा आक्रमण नरोक्ने बताएका छन्।
उनले गाजाको रफाहमा इजरायलले हमासविरुद्ध आक्रमण गर्ने र यसलाई विश्वको कुनै पनि शक्तिले रोक्न नसक्ने बताए।
शनिवार हमास कब्जामा रहेका इजरायली बन्धकको शव बरामद भए पछि त्यहाँका सर्वसाधारण सडकमा उत्रेका हुन्।
उक्त वार्ताको क्रममा इजरायली जेलमा बन्द रहेका प्यालेस्टिनी कैदीलाई रिहा गर्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ।
नेतन्याहूले भने, 'इजरायलको गाजालाई स्थायी रूपमा कब्जा गर्ने वा त्यहाँका नागरिकलाई विस्थापित गर्ने कुनै मनसाय छैन भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु।'
सामाजिक सञ्जाल एक्समा लेख्दै उनले हमासविरुद्ध इजरायलको लडाई विश्वको दबाबले पनि नरोकिने बताएका हुन्।