ताइवानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ। बुधवार बिहान ७.४ म्याग्निच्यूडको भूकम्प जादा हालसम्म ९ सयभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
भूकम्पमा परेकाहरूको उद्धार कार्य अझै पनि जारी रहेको छ। प्रहरीका अनुसार भूकम्पमा परी अझै सय जना हराइरहेका छन्।
ताइवानको राजधानी ताइपे केन्द्रविन्दु भएर २५ वर्षपछि शक्तिशाली भूकम्प गएको हो।
ताइपेमा भूकम्प गएपछि जापान र फिलिपिन्सको तटिय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ।
प्रकाशित: २२ चैत्र २०८० ०८:१९ बिहीबार





