३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

भदौ २३ र २४ को घटना छानबिन आयोगको म्याद २० दिन थप

सरकारले भदौ २३ र २४ गते भएका घटनाहरूको सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगको म्याद पुनः थप गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको कार्यावधि २० दिन थप गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले आयोगको समय २० दिन थपिएको जानकारी दिए।

आयोगले घटनासँग जोडिएका सबै उच्च तहका अधिकृतहरूको बयान लिने काम सम्पन्न गरिसकेको छ।

बयान लगायतका अनुसन्धानका काम सकिए पनि प्रतिवेदन लेखनको काम बाँकी रहेकाले आयोगले थप समय माग गरेको थियो।

सोही आग्रह बमोजिम प्रतिवेदन लेखन कार्य पूरा गर्न सरकारले २० दिन समय थप गरिदिएको हो।

यसअघि पनि आयोगले तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि एक महिनाका लागि म्याद थप गरिएको थियो।

प्रकाशित: ८ माघ २०८२ १६:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App