१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई

सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठक सकिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले सरकारको प्रवक्ताको जिम्मेवारी आफूलाई दिइएको जानकारी दिए।

यसअघि सरकारको प्रवक्ताको भूमिकामा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएपछि उक्त स्थान रिक्त रहेको थियो।

आगामी निर्वाचनमा उम्मेदवार बन्नका लागि खरेलले राजीनामा दिएपछि सरकारले गृहमन्त्री अर्याललाई यो जिम्मेवारी सुम्पेको हो।

प्रकाशित: ८ माघ २०८२ १६:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App