२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

टिचिङको बाँकी बिमा शुल्क बोर्डले तिर्ने

टिचिङ तथा अन्य अस्पतालले स्वास्थ्य बिमावापत तिर्नुपर्ने शुल्क तिर्ने तयारीमा रहेको स्वास्थ्य बिमा बोर्डका निमित्त निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताएका छन्। बिमा सेवावापत अस्पतालले पठाएको मागदावी शुल्क बोर्डले अस्वीकारेपछि घाटामा परेको भन्दै टिचिङ अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बिमा सेवा बन्द गरेको छ। ‘निर्देशकलाई फोन गरेर भनिसकेको छु, अब छलफलबाट टुङ्गगाउनु पर्छ’ उनले भने।

पौडेलकाे अनुसार बिमाको बक्यौता रकम तिर्दै जाने र बिमा कोष बलियो बनाउने नीति कार्यन्वयनतिर अबको कदम अघि बढ्ने उनको योजना छ। ‘मुख्य कुरा औपचारिक क्षेत्रलाई बिमामा समेट्ने र अनावश्यक स्वास्थ्य परीक्षण नगर्ने विषयलाई ध्यान दिन्छौ’ उनले भने।

माघ एक गतेदेखि टिचिङ अस्पतालले वार्डमा पहिल्यै भर्ना भएका बिरामीबाहेक बहिरंग विभागमा आउनेलाई सेवा बन्द गरेको जनाएको छ।

टिचिङसहित अन्य अस्पतालको माग सम्बोधन गर्ने गरी सरोकारवाला पक्षसँग पहल गर्ने निर्देशक पौडेलले बताए। ‘बिमामा देखिएका अन्य समस्या हल गर्ने गरी र अस्पतालका जायज माग सम्बोधन गर्ने गरी अघि बढ्छौ’ उनले भने।

यो विषयमा टिचिङ अस्पतालका निर्देशकले बोल्न चाहेनन। टिचिङ अस्पताल स्वास्थ्य बिमा कार्यक्रमका इन्चार्ज मनोज थापाले बोर्डले अस्वीकार गरी भुक्तानी गर्नु पर्ने बाँकी शुल्कको पचास प्रतिशत मात्र पठाएमा अस्पताल बिमा सेवा सुचारु गर्ने तयारीमा रहेको बताए।

‘२० करोड जति पठाए पनि अस्पतालले बिमा सेवा पुन: सञ्चालन गर्न सक्छ’ उनले भने। यसको साथै बोर्डले अस्पतालको शुल्कमा अनावश्यक कमजोरी देखाएर अस्वीकार्ने नीतिगत सुधार गरेमा छिटो नै सेवा सुरु हुने उनले बताए। बिमा रोकिएपछि देशभरबाट रेफर भएर आउने बिरामी महँगो शुल्क तिर्न बाध्य भएको र कतिपय बिरामी बिमा भएको अस्पताल खोज्दै जानु परेको उनले थापाले बताए।

प्रकाशित: ८ माघ २०८२ १६:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App