२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

कपिलवस्तु पुगे रास्वपा सभापति लामिछाने, इतिहास रच्न आह्वान

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने चुनावी प्रचारका क्रममा कपिलवस्तुको बाणगंगा नगरपालिकाको पिपराबाट शनिवार बिहान ८ बजे अभियान सुरु गरेका छन्।

अर्घाखाँची हुँदै कपिलवस्तु पुगेका लामिछानेले ‘भोट हाल्न होइन इतिहास लेख्न तयार हो कि होइन, तयार हुनुहुन्छ कि होइन’ भन्दै आह्वान गरे। पार्टीको घण्टी अभिवादन कार्यक्रमको शुभारम्भ गर्दै उनले इतिहास रच्ने बेला आएकाले सबै चनाखो भएर आफूहरूलाई जिताउन आग्रह गरे।

उनले आफ्नो पार्टीले सरकार बनाएमा नेपाललाई भ्रष्टाचारमुक्त बनाउने बताए। उनले कपिलवस्तुका तीन वटै उम्मेदवारलाई जिताउन आग्रह गरे। उनी बैरिया, जितपुर, बोर्डगाउँ, बनगाई, गोरुसिंगे, इमिलिया हुँदै चन्द्रौटामा कार्यकर्ता भेटघाट गर्न जाँदै छन्।

त्यसपछि विजयनगर, कृष्णनगर, बहादुरगन्ज, महाराजगन्ज, तौलिहवा, पकडी र लवनीमा कार्यकर्ता भेटघाट गर्दै रुपन्देही जानेछन्। उनी पाल्पा, गुल्मी हुँदै अर्घाखाँची पुगेर कपिलवस्तु आएका हुन्।

प्रकाशित: २ फाल्गुन २०८२ १३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App