५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

दुई बाइक ठोक्किँदा एकको मृत्यु, दुई घाइते

तौलिहवा-बहादुरगंज सडक अन्तर्गत कपिलवस्तु नगरपालिका ४ छोटकीतौलिहवामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

तौलिहवाबाट गोदाहवा तर्फ जाँदै गरेको लु २५ प ५७५९ नम्बरको डिस्कभर मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ३३ प ६७८६ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका सुपर मोटरसाइकलका चालक सोही वडाको पिपरीका १८ वर्षीय सोनु कोरीको कपिलवस्तु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।

सुपर मोटरसाइकलको पछाडि बसेका कपिलवस्तु नगरपालिका वडा नम्बर ९ का धिरज बढई र डिस्कभर मोटरसाइकलका चालक कपिलवस्तु नगरपालिका वडा नम्बर ३ शिवकोटावका अरमान दर्जी घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ फाल्गुन २०८२ १३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App