२१ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

सरकारी कार्यालयमा सेवाग्राहीलाई विभिन्न बाहनामा दुःख दिने पाँचजना पक्राउ

सांकेतिक तस्बिर

रौतहटको सरकारी कार्यालयमा सेवाग्राहीलाई विभिन्न बाहनामा दुःख दिने पाँच जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा यमुनमाई गाउँपालिक –२ का सिकित नारायण, राजदेवी नगरपालिका –७ का बब्लुप्रसाद यादव, सोही ठाउका श्याम बिहारी यादव, परोहा नगरपालिक–७ का रामनरेशप्रसाद पटेल र गौर नपालिका–८ का राजेन्द्र राउत बरै रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिएका छन्।

प्रहरीले गौर नगरपालिका–४ स्थित बसपार्क, वडा नं ३ स्थित जिल्ला अदालत, वडा नं ५ स्थित मालपोत कार्यालयलगायतका स्थानबाट ती व्यक्तिलाई पक्राउ गरेको प्रहरी उपरीक्षक रिजालले बताए।

सरकारी कार्यालयमा सेवाग्राहीलाई विभिन्न काम छिटो गरिदिने भनि अनावश्यक झनझट दिने, तान्ने हैरानी गर्ने, सेवाग्राहीका कागजात बोकी विभिन्न फाँटमा जाने र सोवापत अनुचित लाभ लिनेलगायतका कार्य गरेको भेटेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको उनले जानकारी दिए।

यसैबीच प्रहरीले जारी माध्यामिक शिक्षा परीक्षामा अनलाइन माध्यमबाट चिट चोरेको भेटिएपछि तीन जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रिजालले जानकारी दिए।

प्रकाशित: २१ चैत्र २०८२ ०६:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App