श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले नेपाली सेनालाई मन्त्री र नेताहरूको सुरक्षामा खटाइनु र गाडीको ढोका खोल्ने काममा लगाइनु दुर्भाग्य भएको बताएका छन्।
देशको सिमानामा खटाइनु पर्ने र सीमा रक्षक बनाइनु पर्ने नेपाली सेनालाई यस्तो काममा लगाइन नहुने उनको भनाइ छ। सांसद साम्पाङले यस्तो चलनको अन्त्य गर्नुपर्ने बताएका छन्।
'देशको सिमानामा खटाइनु पर्ने र सीमा रक्षक बनाइनु पर्ने नेपाली सेनालाई मन्त्री र नेताहरुको सुरक्षामा खटाइनु गाडीको ढोका खोल्ने काममा लगाइनु दुर्भाग्य हो,' उनले सामाजिक सञ्जालमा लेखे, 'यो चलनको अन्त्य गरौँ!'
प्रकाशित: २१ चैत्र २०८२ ०६:३५ शनिबार





